हाम्रो मिशन

Mission and Vision

दीर्घकालीन सोच (Vision) सुशासनयुक्त र भ्रष्टाचारमुक्त सार्वजनिक क्षेत्र ध्येय (Mission) सार्वजनिक प्रशासनमा सदाचार, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्दै भ्रष्टाचार न्यूनीकरण तथा सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्ने। लक्ष्यहरु (Goals) •       सार्वजनिक सेवामा सदाचार, नैतिकता र जवाफदेहिता प्रवर्द्धन गर्ने। •       अनियमितता र भ्रष्टाचारको रोकथाम तथा नियन्त्रणका लागि निगरानी एवम् सतर्कता प्रणालीको सुदृढीकरण गर्ने। •       सबै तहका सार्वजनिक संस्थाहरुमा सुशासन कायम गर्न सहयोग गर्ने। •       सेवा प्रवाह र विकास निर्माण कार्यमा पारदर्शिता, प्रभावकारिता र गुणस्तर सुनिश्‍चित गर्ने।   उद्देश्यहरु (Objectives) •       सार्वजनिक संस्थाहरुबाट सम्पादन हुने कार्यहरु नियमित रुपमा भए नभएको विषयमा सूचना संकलन गर्ने। •  सार्वजनिक संस्थाहरुबाट नियमित रूपमा हुनु पर्ने कार्य भएको नपाईएमा त्यस्ता निकायलाई सतर्क गराउने। •       सार्वजनिक संस्थाहरूमा हुने अनियमितता एवम् भ्रष्टाचारजन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने। •       सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पेस गरेको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने। •       सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनियमितता एवम् भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक सुझाव तथा निर्देशन दिने।A •       सार्वजनिक विकास निर्माणका आयोजनाहरूको प्राविधिक परीक्षण गरी गुणस्तर कायम गर्न सहयोग गर्ने। •       भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने। •       भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधारका लागि नेपाल सरकार समक्ष सुझाव पेस गर्ने।